arrow

भारत र रुसबीच महत्वपूर्ण १६ बुँदामा सम्झौता

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
काठमाडौं । ब्रिक्स सम्मेलनमा सहभागि हुन भारत पुगेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच १६ बुँदे सम्झौता भएको छ । आत्मरक्षा, भौतिक पूर्वाधार, विद्युतीइ शक्ति, विज्ञान तथा अनुसन्धान लगायतका १६ बुँदामा सम्झौता भएको भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले जनाएको छ । 
 
शनिबार गोवामा भएको दुईपक्षीय छलफल पछि तीन मुख्य बुँदा सहित कूल १६ बुँदामा सम्झौता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई राष्ट्रबीच भएको मुख्य तीन सम्झौतामा आत्मररक्षा सम्बन्धि सम्झौता, सिभिल न्यूक्लियर सम्बन्धि सम्झौता र व्यापारिक विषयमा महत्वपूर्ण सम्झौता भएको बताईएको छ । 
 
यस बाहेक पनि आन्द्र प्रदेशमा लजिस्टिक सिस्टम, स्मार्ट सिटी निर्माण लगायत निर्माण गर्ने, दुई देशबीच इन्भेष्टमेन्ट फण्ड बनाउने, ४ सय मिसाईल डिफेँस सिस्टम भारटले खरी दगर्नै लगायतका विषय सम्झौतामा समेटिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ