arrow

इराकको राजधानी बग्दादमा सिया मुस्लिमको धार्मिक भेलामा विष्फोट, ३० बढीको मृत्यु

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
iraq-MMAP-md.png
एजेन्सी । इराकको राजधानी बग्दादमा सिया मस्लिमहरुको धार्मिक भेलामा विष्फोट भएको छ । विष्फोटमा परी कम्तिमा ३० बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 
 
विष्फोटमा परी ६० बढी घाइते भएका छन् । सरकारी अधिकारीहरुका अनुसार घाइते अधिकांशको अवस्था नाजुक रहेकाले  मृतकको संख्या बढ्न सक्ने छ ।
 
बग्दादको उत्तरी जिल्लाको व्यस्त बजारमा विष्फोट भएको बताइएको छ । त्यहाँ पैगम्बर मोहम्मदका छोरा इमाम हुसैनको मृत्युको शोक कार्यक्रममा सहभागि हुन कयौं सियाहरु भेला भएका थिए । विष्फोटको जिम्मेवारी कसैले नलिएपनि इस्लामिक स्टेट आइएसले यसअघि नै आक्रमण गर्ने जनाउ दिएको बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ