arrow

भारतको वाराणसीमा भागदौड मच्चियो, २४ को मृत्यु

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
banaras-bhagdaud.jpeg
एजेन्सी । भारतको वाराणसीमा आयोजित धर्मिक कार्यक्रममा भागदौड मच्चिदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ महिला र पाँच पुरुष रहेका छन् । 
 
भागदौडका क्रममा कयौं घाइते भएका छन् । पडाव डुमरिया नाम गरेको स्थानमा जयगुरुदेवको धार्मिक कार्यक्रममा सहभागि भएकाहरुबीच भागदौड मच्चिएको हो । आईजी हरि शर्माले घटना दिउँसो करिब दुई बजे भएको बताएका छन् । उनका अनुसार बाबा जय गुरुदेवका अनुयायीको कार्यक्रममा श्रद्धालुहरुको जुलुस चलेका बेला एक महिला पुलमा लडेपछि भागदौड मच्चिएको थियो । 
 
घाइतेकाे उपचार रामनगरस्थित लाल बहादुर शास्त्री अस्पताल र बीएचयू ट्रमा सेन्टरमा भइरहेकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर भागदौडमा मृत्यु भएकाहरुप्रति शोक प्रकट गरेका छन् । मोदीले अधिकारीहरुलाई टेलिफोन गरेर भागदौडमा परी मृत्यु र घाइते भएकाका परिवारलाई हर सम्भव सहयोग गर्न भनेको समेत उल्लेख गरेका छन् । 
 
प्रधानमन्त्री मोदीले भागदौडमा मर्नेका परिवारलाई दुई लाख र घाइतेका परिवारलाई ५० हजार आर्थिक सहयता प्रदान गर्ने घोषणा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ