- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चामाथि प्रश्न उठाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भएपछि सांसद साहले प्रश्नसमेत गरेका छन् ।
‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’ साहले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले मोर्चा गठनको तस्बिर र गौर हत्याकाण्डको मुद्धाको प्रतिलिपि साथै राखेर उक्त प्रश्न गरेका हुन् ।