arrow

आदिपुरुषको कमाइमा भारी गिरावट, लगानी उठ्न गाह्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
adipurus-2023.jpg

काठमाडौं ।  भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिज भएदेखि नै निकै विवादमा परेको छ । नेपालसहित भारतका विभिन्न हलमा हिन्दू संगठनवादीहरुले यो चलचित्रको विरोध गर्दै प्रदर्शनमा रोक लगाएका छन् । 

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौँ महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीन दिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो । 

फिल्मको संवाददेखि लिएर कलाकारहरूको अभिनयलाई लिएर मानिसहरूले निकै विरोध गरिरहेका छन् ।  साउथका सुपरस्टार प्रभास  र  बलिउड अभिनेत्री कृति सेनन फिल्ममा मुख्य भूमिकामा छन् । 

अब बिस्तारै यो विरोधको प्रभाव फिल्मको कमाइमा देखिन थालेको छ । पहिलो तीन दिनमा बक्स अफिसमा धमाकादार कमाई गरेको यो फिल्म चौथो दिनदेखि घट्दै गएको छ । 

‘आदिपुरुष’ को पाँचौँ दिनको कमाइमा भारी गिरावट आएको छ । ‘आदिपुरुष’ ले पाँचौँ दिन भारतको बक्स अफिसमा १० करोड रुपैयाँ कमाएको छ । 

‘आदिपुरुष’ ले चौथो दिन १६.५० करोड कमाएको थियो । फिल्मको कमाइमा आएको यो गिरावट देखेपछि निर्मातासँगै फ्यानहरू पनि चिन्तित भएका छन् ।

हालसम्म फिल्मले भारतभरबाट २ सय ४८ करोड भारतीय रुपैयाँ कमाएको छ । हिन्दुस्तान टाइम्सका अनुसार आलोचनाको बाबजुद रिलिज भएको पाँच दिनमा विश्वभरबाट फिल्मले ३ सय ९५ करोड कमाएको छ ।

यो फिल्म बनाउनका लागि निर्माताले ५ सय करोड खर्च गरेका छन् । तर अहिलेसम्म फिल्मले बजेट फिर्ता लिन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ