arrow

दर्शनार्थी चढेको जिप दुर्घटनामा पर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
accident-final.jpeg

काठमाडौं ।  डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न हिँडेका दर्शनार्थी चढेको जिप दुर्घटनामा परेको छ । आज बिहान भएको  जिप दुर्घटना हुँदा दश जना  दर्शनार्थी घाइते भएका छन् । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो ।जिप स्टाट गर्ने क्रममा जिप पछाडि पर्दै सडकबाट करिब ६ मिटर तल खसेर दुर्घटना भएको हो ।  

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ५ की १३ वर्षीया सरस्वती केसी, सोही ठाउँकी ५५ बर्षीया लीला केसी, मुसिकोट १३ की ५० बर्षीया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षीया सुजता केसी, सोही वडाकी १२ वर्षीया करिना केसी रहेका छन् । 

त्यसै गरी सोही वडा निवासी १४ वर्षीया दक्षिणा खड्का, ८ वर्षीया वर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षीया विनीता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ बर्षीया टिका ओली केसी र सोही स्थानकी ३३ बर्षीया टिका केसी घाइते भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ