arrow

केन्द्रीय कारागार पुगेर मन्त्री साउदले भेटे बालकृष्ण खाँडलाई  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
np-saud-balkrishna-khand.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रैसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् । 

बिहीबार दिउँसो उनी केन्द्रीय कारागार पुगेर खाँडसँग भेटघाट गरेको स्रोतले जनाएको छ । ‘केन्द्रीय कारागार सुन्धारामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद कारागारमा पुगेका थिए’, कारागार स्रोतले भन्यो । 

कांग्रेसको संस्थापन पक्षसँग निकट सम्बन्ध रहेका परराष्ट्र मन्त्रीले खाडसँग भेटघाट गरेको विषय अहिले पनि कांग्रेसभित्र गोप्य रहेको छ । परराष्ट्र मन्त्री साउदले उनीसँग के के कुराकानी गरे भन्ने बारेमा केही सार्वजनिक भएको छैन । 

उनले खाँडको मुद्धा,  समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक कहल लगायतको विषयमा कुराकानी गरेको हुन सक्ने बताइएको छ । 
खाड र साउदबीच सम्बन्ध राम्रो भएकाले कांग्रेसको आन्तरिक राजनीतिबारे छलफल भएको स्रोतको दाबी छ । 

खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा परेपछि कांग्रेसका उपल्लो तहका कुनै पनि नेताहरुले भेटेका थिएनन् । उनलाई तल्लो तहका कार्यकर्ताहरुले भने भेटघाट गरिरहेका थिए । 

माथिल्लो तह एवं मन्त्रीकै हैसियतमा उनलाई भेटघाट गर्ने साउद मात्रै हुन् । साउद सहभागी भएको सरकारले नै अनुसन्धान गरेको मुद्धामा खाँडलाई दोषी देखाएर काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ