arrow

ट्रम्प र क्लिन्टनबीच ड्रग टेष्टसम्मको जुहारी

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
trump-hilary.jpeg
न्यूयोर्क । अमेरिकाको आसन्न राष्ट्रपतिको निर्वाचनका लागि सम्भवतः पहिलो पटक उम्मेदवारहरु निकै घटिया शैलीका आरोप लगाउन मैदानमा उत्रिएका छन् ।
 
पछिल्लो समय रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको ड्रग टेष्ट (लागुऔषध परीक्षण) हुनुपर्ने बताएका छन् । 
 
अर्को प्रत्यक्ष कार्यक्रम हुनुभन्दा पहिले क्लिन्टनको लागुऔषध परीक्षण गरिसक्नुपर्ने पनि ट्रम्पले माग गरेका छन् । 
 
यसअघिको दोस्रो टेलिभिजन बहसका क्रममा क्लिन्टन अति उत्साहित भएको ट्रम्पको आरोप छ । 
 
ट्रम्पले नयाँ राष्ट्रपति पहिले नै धोकासहित तय भएको आरोपसमेत लगाएका छन् । यसले भने ट्रम्प आफू चुनाव हार्ने मनस्थितिमा पुगिसकेको बताउँछ । 
 
ट्रम्पमाथि कयौं महिलामाथि यौन शोषण गरेको आरोप छ । 
 
रिपब्लिकनकै कयौं नेताले ट्रम्पलाई भोट नहाल्नेसमेत बताइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ