arrow

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ ।

आर्थिक दूरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिकसत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य  सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ