arrow

पाकिस्तानको नयाँ निर्णय : पीआइएको ‘कराँची टु दिल्ली–मुम्बई’ उडान खारेज

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
PIA-news.jpeg
एजेन्सी । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआइएले कराँची देखि दिल्ली र मुम्बईको उडान खारेज गरेको छ । उडान खारेज हुनुको कारण एयरलाइन्सले पछिल्लो समय देखिएको फितलो ट्राफिक व्यवस्थापन मानेको छ । 
 
शनिबार एक वक्तव्य जारी गर्दै पीआइएले लाहोर देखि दिल्लीको उडान सामान्य रुपमा संचालन गर्ने भएपनि पछिल्लो पाँच हप्तादेखि कमजोर व्यवस्थापनका कारण कराँची देखि दिल्ली र कराँची देखि मुम्बईको उडान रद्द गरिएको जानकारी गराएको छ । 
 
सो एयरलाइन्समा रिजर्भ भएका यात्रुहरुलाई पीआइएको पछि हुने उडानमा समायोजन गरिने वा अन्य एयरलाइन्सबाट पाकिस्तानमा रिरुट गरिने वक्तव्यमा उल्लेख छ । भारत र पाकिस्तानबीच सीधा उडान गर्ने पीआइए एकमात्र एयरलाइन्स हो । शनिबारको निर्णय अगाडि पीआइएले हप्तामा भारतमा पाँच वटा उडान भर्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ