arrow

 तत्काललाई टर्‍यो रुसी सङ्कट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
yevagini-russia.jpg

काठमाडौं । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोह रोकेका छन् । 

प्रिगोगिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो यात्रा रोकेको बताइएको छ । 

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरेपछि रुसमा तत्काल विद्रोह टरेको हो ।

प्रिगोगिनले सैन्य नेतृत्वलाई पराजित गर्ने अप्रत्याशित प्रयास स्वरुप शनिबार मस्कोतर्फ सशस्त्र समूह पठाएका थिए ।

अलेक्जेन्डरले प्रिगोगिनलाई लडाकुहरूलाई मस्कोतर्फ जान रोक्न प्रस्ताव गरेसँगै वाग्नर सेना प्रमुखले स्वीकार गरेका छन्। 

रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले वाग्नर आर्मीलाई कारबाही नगर्ने बताएका थिए।

प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रुसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ