arrow

बक्स अफिसमा आदिपुरुष नराम्ररी असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
adipurus-2023.jpg

काठमाडौं । प्रभास र कृति सेनन अभिनीत भारतीय चलचित्र आदिपुरुष भारतीय बक्स अफिसमा नराम्ररी असफल भएको छ । 

रिपोर्टका अनुसार आदिपुरुषले ९ औँ दिन करिब ५ करोड २५ लाख भारु कमाएको छ । शुक्रबार फिल्मले ३.४० करोड कलेक्सन गरेको थियो । 

 भारतमा आदिपुरुषको कुल कमाई २६८.५५ करोड पुगेको छ । अब यो फिल्मले ३०० करोडको आँकडा पार गर्छ कि गर्दैन त्यो चासोको विषय हुनेछ ।

यो फिल्म बनाउनका लागि निर्माताले ५ सय करोड खर्च गरेका छन् । तर अहिलेसम्म फिल्मले बजेट फिर्ता लिन सकेको छैन ।

प्रभासले आदिपुरुषमा भगवान् रामको भूमिका निभाएका छन् । जहाँ कृति सेननले माता सीताको भूमिका निभाएकी छिन् । दुवैले राम्रो अभिनय गरे पनि संवादलाई लिएर मानिसहरूले तरङ्ग बनाएका छन् ।

आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरू गर्नु परेको थियो ।

टिभीका प्रभु राम अर्थात् अरुण गोविलले आदिपुरुषका निर्मातालाई निकै ट्रोल गरेका छन् ।

फिल्म नेपालसहित भारतका विभिन्न हलमा हिन्दु संगठनवादीहरुले विरोध गर्दै प्रदर्शनमा रोक लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ