arrow

दुई किलो सुनसहित कार र चालक नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
2kg-gold-arrest-2080-03-10.jpg

बुटवल । सशस्त्र प्रहरी बल नेपाल बीओपी  बयरघाट रुपन्देहीले एक किलोग्राम ९६५.३ ग्राम सुनसहित कार र चालकलाई नियन्त्रणमा लिइएको छ । गएराति ९:३० बजे लुम्बिनी सांस्कृतिक नगरपालिका -१३ कालिदहबाट कार र चालकसहित उक्त ठूलो परिमाणमा सुन बरामत गरिएको हो । 

नेपालबाट भारततर्फ जाँदै गरेको  बा.१२ च.३८२० नं.को मारुती सुजुकी कार र चालकलाई  विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा इट्टा आकारको २ थान सुन, कार र चालक दाङको घोराही नगरपालिका-१० का हुमानन्द गिरीलाई  नियन्त्रणमा लिएर  भैरहवा भन्सार कार्यालयमा बुझाएको छ। 

उक्त सुनको मूल्य रु.१ करोड ८५ लाख ६५ हजार ३५५ र गाडीको १५ लाख रुपैयाँ भन्सार कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी दीपक थापाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ