arrow

हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
Dead_Body.jpg.jpeg

ओखलढुङ्गा । ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । 

घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका  ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् । 

आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत भेटेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । 

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ