arrow

‘ब्रिक्स’सम्मेलनमा मोदीले के भने ? (बुँदासहित)

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
modi-brics-voice.jpeg
गोवा । आर्थिक रुपले अब्बल मनिएका विश्वको पाँच राष्ट्रहरुको संघठन ‘ब्रिक्स’को दुईदिने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो धारणा राखेका छन् । 
 
सम्मेलनको आयोजक राष्ट्र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सम्मेलनमा आफ्नो धारणा राखेका छन् । 
 
सम्मेलनमा सहभागि प्रतिनिधिहरुलाई स्वागत गर्दै प्रधानमन्त्री मोदीले समावेसी आर्थिक निर्माणमा जवाफदेही र सामूहिक निकास मार्फत ब्रिक्स एजेन्डामा पुर्‍याएको योगदानप्रति सबैलाई धन्यवाद ज्ञापन गरे । मोदीले पछिल्ला वर्ष यता भारतले आर्थिक उन्नति हाँसिल गरेको समेत बताए ।  
 
ब्रिक्स विजिनेस काउन्सिलले साझा उद्देश्य प्राप्तिका लागि काम गर्नु पर्ने बताउँदै प्रधानमन्त्री मोदीले मुख्य पाँच बुदामा साझा उद्देश्य पेश गरे । 
मोदीले दिएको बुँदागत सुझाव 
–आपसी व्यापारलाई बलियो पार्ने
–व्यापार अवसरलाई वृदि गर्ने
–निर्माण लगानीमा जोडिने
–नयाँ खोज गर्ने कार्यलाई बढावा दिने 
–र अन्तर ब्रिक्स व्यापारको अवरोध हटाउने 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ