arrow

ब्रिक्स पछि विमिस्टेक सुरु भो गोवामा

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
bimestec-suru-n.jpeg
काठमाडौं । भारतको गोवामा ब्रिक्स सम्मेलन सकिएपछि बिमिस्टेक आउटरिच सम्मेलन सुरु भएको छ । दुई दिन चलेको ब्रिक्स सम्मेलन आइतबार एक सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै सकिएको छ । 
 
ब्रिक्समा ब्राजिल, रुस, चीन, दक्षिण अफ्रिका र भारत सम्मिलित छन् । सम्मेलनमा ब्रिक्सका पाँच सदस्य राष्ट्र कृषि सम्वन्धी अनुसन्धान प्लेटफर्म वनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवा सम्वन्धी विभिन्न गतिविधिहरु गर्न सहमत भएका छन् । 
 
यस्तै. बिमिस्टेक सदस्य राष्ट्रहरुमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार छन् । यी मुलुकबाट बिमिस्टेक सम्मेलनका लागि प्रतिनिधि भारतको गोवामा भेला भएका छन् । 
 
नेपालबाट पनि सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल गोवा पुगिसकेका छन् । सम्मेलन सुरु गर्नुअघि आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचा र म्यान्मारकी प्रजानन्त्रबादी नेत्री आङ साङ सुचीले समूहिक तस्वीर खिचाएका छन् ।
 
व्रिक्स र विमिस्टेकको संयुक्त कार्यक्रममा दुई संगठनका नेताहरुबीच कुराकानी हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ