- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोध गरेसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
जिल्ला निर्वाचन आयोगको कार्यालय खारेजी लगायतका विषयलाई लिएर रास्वपाले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
रास्वपाको विरोधमा नेकपा एमालेले पनि समर्थन जनाउँदै सदन चल्न नसक्ने बताएको थियो ।
रास्वपाका सभापति रवि लामिछानेले तत्काल अर्थमन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका छन् ।
यता कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यी सबै प्रतिबद्धता सरकारले पुरा गर्ने भन्दै कार्यसूचीमा अगाडि बढ्न आग्रह गरेका थिए ।
सभामुखले बैठकलाई निरन्तरता दिन आग्रह गरे पनि रास्वपाले नमानेपछि बैठक स्थगित भएको हो ।