arrow

अर्थमन्त्री आएपछि शुरुभयो अवरुद्ध बैठक [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार

काठमाडौँ ।अर्थमन्त्री प्रकाशशरण महत आएपछि प्रतिनिधि सभा बैठक शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले सदन अवरोध गरेपछि सदनमा अर्थमन्त्री महत सदनमा आएका हुन् । 

जिल्ला निर्वाचन आयोगको कार्यालय खारेजी लगायतका विषयलाई लिएर रास्वपाले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो  । रास्वपाले  तत्काल अर्थमन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेको छ । 

आजको बैठकमा  विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको हो । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रीले  सांसदले उठाएका प्रश्नहरूको जवाफ दिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ