arrow

ललिता निवास जग्गा प्रकरण ब्युँतियो, प्रहरीले पक्रियो पाँच जनालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले ललिता निवास जग्गा प्रकरणलाई ब्युँताएको छ । सो प्रकरणमा मुछिएका व्यक्तिहरूलाई मंगलबार काठमाडौका विभिन्न स्थानबाट पक्राउ गरेर मुद्धालाई ब्युँताएको हो । 

मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई नक्सालस्थित उनकै निवासबाटै पक्राउ गरेलगत्तै अन्य चार जनालाई पनि काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

सीआईबीले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिएको छ ।
 
मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ १२ गते पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

सा मुद्दामा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको पनि नाम मुछिएकोमा अख्तियारले मन्त्रिपरिषद्को निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ