arrow

ललिता निवासको जग्गा हिनामिना प्रकरण

'बालुवाटार जग्गा प्रकरणमा गहिरो अध्ययन अनुसन्धान'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
lalita-niwash-balwatar-land-case-11.jpg

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा गहिरो अध्ययन अनुसन्धान भएपछि कारबाही शुरु भएको  बताएकी छन् ।     मंगलवार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले यस्तो बताएकी हुन् । 

उनले भनिन्,‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात् हुँदैन । यस्तो कुरामा गहिरो अध्ययन अनुसन्धान हुन्छन् । प्रमाण पुर्‍याउनुपर्ने हुन्छ हठात् भन्ने कुरा हुँदैन । यो लामो समयदेखि अनुसन्धानमा थियो । केही व्यक्तिहरू पक्राउ परेको कुराहरू आएको छ ।'

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की पक्राउ परेका छन् ।

उनले पक्राउ परेकाहरूमाथि  गहिरो अध्ययन अनुसन्धान भएको बताइन्  । उनले थपिन्,' यो गहिरो अध्ययन अनुसन्धानबाट मात्रै बाहिर आएको छ । भ्रष्टाचार गर्नेहरू तल्लो र माथिल्लो तह भन्ने हुँदैन । भ्रष्टाचार कुन तहकाले गर्‍यो भन्ने भन्दा पनि भ्रष्टाचार गर्‍यो की गरेन भन्ने कुरा मुख्य हो । भ्रष्टाचारको मुद्दामा सरकार कुन तहमा जाने नजाने भन्ने भन्दा पनि जसको विरुद्धमा प्रमाण पुग्छ । जसलाई अनुसन्धानले प्रमाण पुग्ने देख्छ । उनीहरूमा आकर्षित हुने हो। कहाँसम्म पुग्छ भन्दा पनि अनुसन्धानले कहाँ पुर्‍याउँछ भन्ने कुरा हो ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ