arrow

विशाक्त च्याउ खाँदा नौ जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
musroom.jpg.jpeg

पाँचथर ।  पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । 

कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । 

कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । 

उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ