arrow

ललिता निवास प्रकरण

पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले नै स्पष्टीकरण लिनुपर्छ: प्रेम सुवाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
prem-suwals.PNG

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो माग गरेका हुन् ।  

त्यसै गरी उनले सो प्रकरणमा मुछिएका मन्त्रीहरू र अन्य कर्मचारीहरूलाई पनि संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिन उपयुक्त हुने बताए । सांसद सुवालले सरकारी जग्गा बेचबिखनमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । 

उनले भने, ‘बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना अर्थात् १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरू पक्राउ परेका छन् । २०७८ पुस ६ गते जग्गा हिनामिनाको आरोपी २२० जना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएकोमा सरकारी वकिलको कार्यालयले ४ दिन पछि अनुसन्धान नटुङ्गिएको भनी फिर्ता पठाइएको थियो । गिरोहले २०४९ सालदेखि २०६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिगराई बेचबिखन गरेको, यसमा पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसद्ले पूर्व प्रधानमन्त्रीहरूलाई सांसदमै स्पष्ट गर्न लगाउन जरुरी छ । र अन्य पूर्व प्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ । ’

सांसद सुवालले सो जग्गा प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ