arrow

परिवर्तनलाई रुपान्तरण गर्न बाँकी : विद्यादेवी भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
Bidhya devi Bhandari.jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केबल शुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छिन् ।

मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर नै ती सम्भावनाको खोजी गर्दै जानुपर्नेमा जोड दिइन् । 

उनले जनताको जीवनमा सम्पूर्णरूपले परिवर्तन ल्याउने ‘समृद्ध नेपाल सुखी नेपाली’को जुन परिकल्पना जनताको बहुदलीय जनवादले गर्दछ, त्यो दायित्व पूरा नभएको पनि स्पष्ट पारिन् । 

आफ्नो छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाल राष्ट्र र नेपाली समाजका लागि गर्नुभएका योगदानहरू उच्च र अविस्मरणीय भएको उल्लेख गर्दै उनले लोकतन्त्रको स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका जननेता भण्डारी २०४६ सालको सफल जनआन्दोलनको सूत्राधारमध्ये एक भएको बताइन् । 

“आन्दोलनको सफलतापश्चात् जनताको अधिकतम हितका निम्ति रूपान्तरणकारी संविधानको निर्माण, कार्यान्वयन र बलियो नेपाली राष्ट्रियताका पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेका छन्”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

उनले भनिन्, “जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो । नेपालको माटोमा जन्मेको, नेपाली जनताको काखमा हुर्केको र यही विकास तथा परिष्कार भएको विचारका रूपमा हामीले जनताको बहुदलीय जनवादलाई लिनु पर्दछ । यो कुनै एउटा राजनीतिक दलको मात्र विचार होइन, नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ