arrow

एन्टिबायोटिक अत्यावश्यकबाहेक प्रयोग नगर्न विज्ञको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
medicine1-1.jpeg

पोखरा । स्वास्थ्य विज्ञहरुले अत्यावश्यकबाहेक एन्टिबायोटिकको प्रयोग नगर्न सुझाएका छन् । एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता कम हुँदै शून्यमा पुग्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको औंल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआइडि मेडिसिन टेक्नोलोजिष्टको सहयोगमा पोखरामा भएको सातवटै प्रदेशका एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) कार्यक्रममा सहभागीले यस्ता विषय औंल्याएका हुन् । 

सहभागीले एन्टिबायोटिक मानव स्वास्थ्यका लागि अति आवश्यक औषधिमध्यको एक भएपनि यसको अत्याधिक प्रयोगले एएमआर बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

एन्टिबायोटिक काम नगर्दा विश्वमा वर्षेनी १२ लाख ७० हजार मानिसको मृत्यु नै हुने गरेको विभिन्न अध्ययनले देखाएको विज्ञको भनाइ छ । 

एन्टिबायोटिकको एउटा नयाँ मलिकुलको रिसर्च गर्न १० देखि १५ वर्ष समय लाग्नुको साथै करोडांै खर्च हुने भएपनि यसको रेसिस्टेन्ट ४ देखि ५ वर्ष बिचमै देखिएको उनीहरुको बुझाइ छ । पछिल्लो पुस्ताका लागि एन्टिबायोटिकको गु्रप नै नरहने हो कि भन्ने चिन्ता पनि कार्यक्रमका सहभागीले गरे । 

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डेले पछिल्लो समय एन्टिबायोटिकको प्रयोग अत्याधिक भएको भन्दै बिरामी स्वयंले आफै एन्टिबायोटिक किनेर खाने ट्रेन बढेको बताए । उनले यसमा सरकारी स्वास्थ्य संस्था पनि जिम्मेवार बन्न आवश्यक रहेको बताए । 

उनले भने, ‘दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाहरुमा चिकित्सक हुँदैनन् । त्यसमा अझ रगत परीक्षण गर्ने ल्यावको व्यवस्था हुँदैन । हचुवाको भरमा एन्टिबायोटिक दिइएको हुन्छ । जसको कारणले एन्टिबायोटिक रेसिस्टेन्टको समस्या बढ्दै गएको छ ।’

युएसएआइडी परियोजनका सिसियर टेक्निकल एड्भाइजर डा.सन्तोष दुलालले एमआरको विश्व परिवेश र आर्थिक पाटो बारे जानकारी गराएका थिए ।

सो अवसरमा युएसएआइडी एएमआर क्लिनिकल कन्सटेन्ट डा. विवेक श्रेष्ठले नेपालमा लैङ्गिक असमानता र एमआर बीचको अवस्था र युएसएआइडी एमआर मिडिया कन्सल्टेन्ट अर्जुन अधिकारीले एएमआर रोकथाममा सञ्चारकर्मीहरुले उठाउने विषयबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोद विन्दु शर्मा, मन्त्रालयका निर्देशक खिमबहादुर खड्कालगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ