arrow

अर्थमन्त्रीले भने- जन्ती बराबरलाई खुवाउनु परेकाले बजेट पुगेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
prakashsaran-_mahat.jpg

काठमाडौं । बजेटमा सबै पक्षलाई समेट्न नसकिएको अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । अर्थतन्त्रलाई चलायमान गर्न सक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री महतले कसौँडीमा पाक्न सक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताए ।  उनले भने,' एउटा कसौँडीमा पाक्न सक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? अब हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्करोमा पकाउँदा पनि पुग्दैन । त्यो अवस्थामा के हुन्छ, सबैको भावनाको सम्बोधन गर्न सकिँदैन । आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुनेछ ।’ 

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताए।   उनले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताए । उनले अर्थतन्त्रलाई चलायमान गर्न सक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गरे । उनले भने, ‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ । अनेकौँ खाले अन्योलयताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर बजेट ल्याएँ ।

अर्थमन्त्री महतले कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी बजेट विनियोजन नगरेको भन्दै निष्पक्ष रूपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको दाबी गरे ।उनले भने, ‘ जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्न सक्छ, त्यसलाई मध्यनजर राखेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजश्वलाई वैज्ञानिक ढङ्गबाट करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु । मैले कसैलाई फाइदा पुग्ने नपुग्ने गरी होइन, आम नागरिकको आकंक्षाअनुसार ल्याएको छु, सुशासन, पारदर्शीतालाई मध्यनजरमा राखी लोभ मोह नराखी अघि बढाएको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ