arrow

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
harinarayan-rauniyar-pappu-construction.jpg

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले ठेक्का लिएका प्रायः निर्माणका काममा घोटाला हुँदै आएको छ । पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष रौनियार बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ परेका हुन् । 
 
काठमाडौँमा पक्राउ गरेर बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पूरा नगरेको भन्दै विवादमा तानिएका थिए ।

उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ