arrow

मोरङमा २० प्रतिशतमात्र रोपाइँ 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार १५ शुक्रबार
ropai-morang-2080-03-15.jpg
तस्बिर–मोरङको बेलबारीस्थित जेसिज र लायन्स क्लबले गरेको कार्यक्रममानगरपालिका प्रमुख दिलप्रसाद राई र उपप्रमुख नितु थापा कोइरालालगायत धान रोपाइँ गर्दै, विवेक मिश्र ।

मोरङ । “जलवायु अनुकुलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराको साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवसको धान रोपाइँ कार्यक्रमहरु भइरहेका छन् । 

असार महिनाको आधा समय बितिसक्दा यस पटक मोरङमा २० प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार ८ हजार ३ सय ३० हेक्टर जमीनमा धान रापाई भएको हो ।

मोरङमा ८३ हजार ३ सय हेक्टर जमीनमा धान लगाउने गरेको र जसको हालसम्म बीस प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बिराटनगरका प्रमुख रामदेव सिंहले बताए । 

समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने प्रमुख सिंह बताउँछन् । न्छ । गत वर्ष ९९ प्रतिशत मोरङमा रोपाइँ भएको र यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपी सकिने सिंहले दाबी गरे । 

राष्ट्रिय धान दिवसको अवसरमा मोरङमा मोरङमा धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्ण लगायतको धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ । 

गत वर्ष मोरङमा ८२ हजार ४ सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो जसमा ३ लाख ३८ हजार १ सय १४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ