arrow

दुई बस एकआपसमा ठोक्किँदा ३० जनाको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
pakistanbusaccident.jpg.jpeg
एजेन्सी । पाकिस्तानको दक्षिणी राज्य पंजाबस्थित दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा कम्तिमा पनि ३० जना मानिसको मृत्यु भएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको एक उद्दारकर्मीलाई उद्रित गर्दे अन्तर्राष्ट्रिय संचार माध्यले जनाएका छन् । 
 
एक स्थानीय अधिकारीका अनुसार उक्त दुर्घटना सोमबार बिहान ६ बजे प्रान्तीय राजधानी लाहोरदेखि ६ सय किलोमिटरमा रहेको पंजाब सहरमा भएको हो । घटना पछि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नावज सरिफले दुर्घाटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो शोक प्रकट गरेको जनाएको छ । 
 
पछिल्लो समय घातक सडक दुर्घटना पाकिस्तानमा सामान्य जस्तै भएका छन् । ट्राफिक नियमको पालना प्रभावकारी हुन नसक्दा र ग्रामिण भेगको सडक कमजोर हुँदा पाकिस्तानमा सडक दुर्घटना बढ्दो छ ।



नयाँ