arrow

डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८५ बढी बेपत्ता

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
Feri-accdent-news.jpeg
एजेन्सी । म्यानमारको उत्तरपश्चिममा रहेको नदीमा फेरी (डुंगा) डुब्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सो दुर्घटनमा अझैं केही बेपत्ता रहेको सरकारी अधिकारीलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । 
 
दुर्घटनमा १ सय ५० बढीको उद्धार गरिएको क्षेत्रीय उद्धार विभागका प्रमुख स विली फ्रान्कले जनाएका छन् । १४ जनाको शव फेला परको छ, भने अझैं ८५ जना हराइरहेका छन् । 
 
बेपत्ता भएकाको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । यद्यपि, उद्धार कार्य जारी छ । एक प्रत्यक्षदर्शीका अनुसार सो फेरीमा ३ सय यात्रु सवार थिए । सो फेरीको आधिकारीक क्षमता भने १ सय २० थियो । 
 
होमालिन देखि मोनिवाका लागि हिँडेको फेरी शनिबार बिहानै दुर्घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ