arrow

कारागारमा कैदीबीच झडप, २५ को मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
brazil-north.gif
एजेन्सी । उत्तरी ब्राजिलस्थित निकै भीड रहेको एक कारागारमा दुई विपक्षी कैदी समूहबीच झडप हुँदा २५ कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जनाको टाउको छिनिएको छ भने ६ जना जलेका प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 
 
घटना कारागार भ्रमण समयमा भएको हो । एक पक्षका कैदीले अर्को समूहको कारागारमा आक्रमण गरेपछि झडप सुरु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार कैदीले छुरा र काठको लाठी बोकेका थिए । 
 
झडप भएको कारागारमा १४ सय कैदीहरु छन् । उद्यपि, कैदीको क्षमता भने मात्र ७ सय ४० रहेको बताइन्छ । कैदी संख्या धेरै हुनेमा ब्राजिल विश्वको चौंथो मुलुकमा पर्दछ । ब्राजिलमा ६ लाख हाराहारी कैदी संख्या छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ