- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण दिवस (गुरुपूर्णिमा) का दिन सोमबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
गुरुपूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम छ । सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
सोमबार नगरपालिका परिसरमा विविध कार्यक्रम गरी व्यासको जन्मदिन मनाइने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।