arrow

खुल्यो नारायणगढ-मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
narayanghad-mugling-2080-03-15.jpg

काठमाडौं ।  पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।  

पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन  गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। 

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालकसमेत घाइते भएका छन् । 

घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि  आइतबार  साँझपख मात्रै खुलेको थियो ।

 सोही स्थानमा गत आइतबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ