arrow

निर्वाचन कानूनको मस्यौदा पारित: नो भोटदेखि एक तहमा हारेकाले उठ्न नपाउनेसम्म [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
election-commission-head-office-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न नयाँ नियम राखेर एकीकृत निर्वाचन कानूनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानूनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानूनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । जसमा ‘नो भोट’ को व्यवस्था, निर्वाचनमा ३३ प्रतिशत मलिा उम्मेदवार अनिवार्य,  विदेशमा रहेका नागरिकलाई मताधिकार, प्रतिनिधिसभा र प्रदेश सभामा दुईपटक समानुपातिक सांसद बनेको व्यक्ति समानुपातिक निर्वाचनको उम्मेदवार बन्न नपाउने, एक तहमा निर्वाचन हारे अर्कोमा उमेदवार बन्न नपाउने लगायतका रहेका छन् । 

आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसदमा लैजाने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ