arrow

भन्सालीसँग काम गर्न खोज्दै सलमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
salman-khan1.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खान बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्न लागेका छन् ।

सलमान फिल्म ‘इन्शाअल्लाह’ लाई लिएर चर्चामा आएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले फिल्म निर्देशक सञ्जय लीला भन्सालीसँग फिल्म ‘इन्शाअल्लाह’ को बारेमा कुरा गरेका छन् । 

तर अहिलेसम्म यस बारे आधिकारिक जानकारी बाहिर आएको छैन। यदि सलमानको फिल्म ‘इंशाअल्लाह’ फेरि रिलिज भए सलमान र आलिया भट्ट ठूलो पर्दामा पहिलो पटक सँगै देखिनेछन् ।

सलमानको हलै रिलिज भएको फिल्म ‘किसी का भाई किसकी जान’ले बक्स अफिसमा खासै सफलता देखाउन सकेन । 

यो फिल्म फ्लप भएपछि अब सलमान खानको अर्को फिल्मबाट फ्यानहरुले ठूलो अपेक्षा गरेका छन् । 

‘किसी का भाई किसी की जान’ पछि सलमान खान अब ‘टाइगर ३’ मा देखिनेछन् । योसँगै उनी राम्रो फिल्मको खोजीमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ