arrow

श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभबेला, कस्तो होला राशिफल ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० असार २१ बिहिबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० असार २१ गते बिहीबार, इस्वीसंवत जुलाइ ६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धश्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धश्रावणकृष्णपक्षको तृत्तीया तिथि बिहानमा १०ः२८ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा श्रवण बिहानमा ७ः१० बजेसम्म त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा विष्कुम्भ ८ घटि ५ पलासम्म त्यसपछि प्रीति योग लाग्नेछ । करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा अहोरात्र नै रहनेछ । आज दिनमान ३४ घटि २७ पला अर्थात् १३ घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१४ बजे तुरुदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ९ः५२ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहानमा ८ः०३ बजे हुनेछ ।

आजको राशिफल

मेष : आज समय मध्यमखालको रहनेछ । आज लाभ हानी दुवै बराबर रहने योग छ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृष : आज पनि समय ठीक छैन । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ ।

मिथुन : आज समय खराब छ । अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउनसक्ने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिनसकिने छ । आज तपाईको लागि भैरवदेवको स्तुति फलदायक हुनेछ ।

कर्कट : आज समय शुभ छ । आजको दिन दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्त बुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको उपासना हितकर हुनेछ ।

सिंह : आज समय राम्रो छ । आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।

कन्या : आज पनि समय शुभ छैन । आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरु बृहस्पतिका प्रतिमूर्ति विद्वान गुरुजनबाट आर्शिवाद लिनु वा खुशी पार्नु बुद्धिमानी हुनेछ ।

तुला : आज समय शुभ छैन । आज कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । तपाइँको आत्मबलमा ग्रहको दुष्प्रभावको कारण आइरहेको ह्रासलाई न्यूनिकरण गर्न भगवान श्री हरिको स्तुति गर्नु शुभदायक हुनेछ ।

वृश्चिक : आज समय शुभ छ । आजको दिन आयकर ग्रहगोचर परेको छ । पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । यो राशि हुनेहरुले आज विशेष महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने छ । आज तपाइँले दीनदुखीको सेवा गरेमा राम्रो हुनेछ ।

धनु : आज समय अत्यन्तै खराब छ । आज सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले धन्वन्तरिनारायणको स्तुति गर्नु उपयुक्त हुनेछ ।

मकर : आज अत्यन्तै समय राम्रो रहनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ ।

कुम्भ : आजको दिन त्यति अनुकूल देखिएको छैन । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्ने एवम् मनमा संकोचित विचार बढ्नसक्ने सम्भावना देखिएको छ ख्यालपुर्याउनु पर्ला । पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ, सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । धैर्यधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाएर अघि बढेमा अल्लि बढी प्रयत्नले केही लाभ गर्न सकिएला । आज यहाँले आमाको आर्शिवाद लिंदा हितकर हुनेछ ।

मीन : आज पनि समय शुभ रहनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ ।
 

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ०५ः१२ बजेदेखि      ०६ः५६ बजेसम्म     शुभ बेला
बिहान ०६ः५६ बजेदेखि      ०८ः४० बजेसम्म     रोग बेला
बिहान ०८ः४० बजेदेखि      १०ः२४ बजेसम्म    उद्धेग बेला
बिहान १०ः२४ बजेदेखि       १२ः०७ बजेसम्म    चर बेला
दिनमा १२ः०७ बजेदेखि       १ः५१ बजेसम्म     लाभ बेला
दिनमा १ः५१ बजेदेखि        ३ः३५ बजेसम्म      अमृत बेला
दिनमा ३ः३५ बजेदेखि        ५ः१९ बजेसम्म      काल बेला
साँझ ५ः१९ बजेदेखि        ७ः०३ बजेसम्म      शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ