arrow

गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
Gandaki pradesh sabha bhawan.jpg

गण्डकी ।  गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक विधेयक–२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गरेका थिए ।

उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, सीताकुमारी सुन्दासलगायतले भाग लिएका थिए । छलफलका क्रममा सदस्यहरुबाट उठेका प्रश्नको आर्थिक मामिलामन्त्री आलेमगरले जवाफ दिएका थिए । 

मन्त्री आलेमगरले आन्तरिक राजस्व वृद्धि गर्ने गरी विधेयक ल्याइएको बताए । “राजस्व वृद्धि नगरिकन केन्द्रीय अनुदानमा मात्र भर पर्दा प्रदेशलाई स्थायीत्व दिन गाह्रो हुन्छ”, उनले भने, “राजस्व बढाउने नाममा जनजीविकामा नै असर पुग्ने गरी कर लगाउनु पनि हुँदैन ।” मन्त्री आलेमगरले गैरकानूनी रुपमा सञ्चालनमा रहेका गिट्टीबालुवा प्रशोधन उद्योग दर्ताका लागि विशेष छुटको व्यवस्था गरिएको बताए । उनले एक सय ५० सिसीसम्मको अपाङ्गतामैत्री स्कुटरमा कर निःशुल्क गरिएको उल्लेख गरे । 

आर्थिक विधेयकमाथिको छलफल सकिएपछि आगामी आव २०८०/८१ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ