arrow

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
flood-melamchi.jpg

सिन्धुपाल्चोक ।  अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।

गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए ।

 “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने । 

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । 

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ