arrow

भारतको उडिसास्थित एक अस्पतालमा आगलागी हुँदा ३० को मृत्यु, १०९ घाइते

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
odisha.jpeg
भुवनेश्वर। पूर्वी भारतको उडिसास्थित भुवनेश्वरको एक निजी अस्पतालमा भएको आगलागीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
 
इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एण्ड एसयुएम अस्पतालमा भएको आगलागीमा परी १०९ जना जलेका छन् । २० बढीको
 अवस्था गम्भीर रहेको छ । 
 
आइसीयु वार्डमा अचानक लागेको आगोपछि उद्धार हुन नसक्दा उनीहरुको निसास्सिएर मृत्यु भएको चिकित्सकलाई उधृत गर्दै विभिन्न भारतीय संचार माध्मयले बताएका छन् । 
 
आगलागी हुँदा १२०० शैयाको सो अस्पतालमा ५०० बिरामी थिए । आगलागीको कारण पत्तो लाग्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको स्थानीय सरकारले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ