arrow

एफएनसीसीआई अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषकी सोन्चेजबीच अर्थतन्त्र सुधार्न सहकार्यमा जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
fncci-chandrapd-dhakal-imf-2080-03-22.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषकी आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।  

उक्त भेटवार्तामा अध्यक्ष ढकालले दुई संस्थाबीच विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए ।  
बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुनर्तालिकीकरण पुनर्कर्जा सुविधा दिनुपर्नेमा महासंघले नेपाल राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए । 

सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन् । साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ