arrow

डुटर्टीको भ्रमणलाई लिएर फिलिपिन्ससँग व्यापार विस्तार गर्ने चीनको तयारी

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
Dutarti.jpeg
एजेन्सी । अमेरिकामाथि बेलाबेला खरो टिप्पणी गर्ने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टी मंगलबार चारदिने चीन भ्रमणमा निक्लिँदैछन् । डुटर्टीको भ्रमणलाई लिएर चीनले फिलिपिन्ससँग व्यापार सम्बन्ध विस्तार गर्ने तयारी गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता सेन डनयाङलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । 
 
राष्ट्रपति डुटर्टी २ सय व्यवसायीसहित मंगलबार चारदिने चीन भ्रमणमा निक्लिँदैछन् । डुटर्टीको भ्रमणले चीन र फिलिपिन्सको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । ‘चीनले फिलिपिन्ससँगको व्यापार सम्बन्धलाई बलियो बनाउने, व्यवसायलाई लगानी गर्न प्रोत्साहन गर्ने र द्विपक्षिय पूर्वधार निर्माण र मानव जनशक्ति तालिमलाई बलियो बनाउने’, सेनले भने ।  
 
डुटर्टीले आफ्नो चीन भ्रमणले द्विपक्षिय सम्बन्धमा सुधार ल्याउने बताए । भ्रमणले दुई मुलुकले साउथ चाइना सी माथि एकोहोरो दाबी गर्दै आएको सम्बन्धमा रुपान्तरण हुनसक्ने देखिएको छ । 
 
डुटर्टीले भ्रमणमा विवादस्पद साउथ चाइना सी को विषयलाई पनि उठाउने बताए । पछिल्लो समय डुटर्टीको खरो टिप्पणीका कारण फिलिपिन्सको अमेरिकासँगको सम्बन्धमा चिसोपन देखिएको छ भने चीन र रुससँगको सम्बन्ध सुमधुर बन्दै गएको छ ।
 
केही समय अगाडि पनि डुटर्टीले सैन्य मामिलामा अमेरिकाले आवश्यक साहायता नगरे चीन र रुसबाट हतियार खरिद गर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका थिए । बेलाबेला खरो टिप्पणी दिने कारण डुटर्टी चर्चाको शिखरमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ