arrow

नौ घण्टापछि खुल्यो मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
narayanghad-mugling-2080-03-23.jpg

काठमाडौं । बर्खामा धेरै पहिरो जाने गरेको  नारायणगढ-मुग्लिन सडकको पहिरो  पन्छाइएको छ ।   पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड दुई तर्फी सञ्चालनमा आएको छ ।  नौ घण्टापछि आज बिहानदेखि सडक खण्ड दुई तर्फी सञ्चालनमा आएको हो ।

यस सडक खण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

चितवनको इच्छा कामना गाउँपालिका-६ कालीखोलामा शनिवार अपराह्न चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो । तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । 

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडक खण्डको यात्रा गर्न अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ