arrow

इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न तत्काल पहल थाल्ने प्रधानमन्त्रीको वचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
prachanda-ilam-2080-03-23.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रचण्डले इलाममा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

नेता खनालका सहयोगी कृष्ण भट्टराईले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिएका एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।

टोलीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा राजेन्द्रराज वाग्ले, माधव चम्लागाईं, अधिवक्ता समिप घिमिरे, शैक्षिक तथा विभिन्न पेशागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, कृष्ण भट्टराई, विमला सुब्बालगायतको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ