arrow

दुग्ध उत्पादक कृषकलाई अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
milk.jpg

तनहुँ ।  तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । 

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । 

म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले रु ८६ हजार चार सय २४ अनुदान प्राप्त गरे ।

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई रु १४ लाख रु ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ