arrow

प्रचण्ड, देउवा र ओलीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
prachanda-deuba-oli-2080-02-13.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि पहल थालेका छन् । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक शुरु भएको हो । 

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ