arrow

पाकिस्तानले आतंकवादको उद्योग बन्द गर्नुपर्छ: गृहमन्त्री सिंह

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
rajnath-singh.jpeg
एजेन्सी । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानले आतंकवादको उद्योग बन्द गर्नुपर्ने बताएका छन् । आतंकवादविरुद्ध लड्न इस्लामावादलाई भारतीय सहयोगको कुरा उठेको बेला मन्त्री सिंहले सो कुरा बताएका हुन् ।  
 
चन्डीगरस्थित सम्मेलनमा मिडियाका सम्पादकहरुसँग कुरा गर्दै सिंहले पाकिस्तानका मानिसविरुद्ध भारतको केही नभएको तर राज्यले आतंकवादलाई आफ्नो नीतिको रुपमा ग्रहण गरेको आरोप लगाए । उनले भने, ‘यही कारण हो पाकिस्तान दक्षिण एसियामा मात्र होइन विश्वमा नै एक्लिएको।‘
 
सिंहले आतंकवादविरुद्ध लड्न भारत पाकिस्तानलाई सहयोग गर्न तयार रहेको बताउँदै त्यसका लागि पहिले इस्लामावादले आतंकवादको उद्योग बन्द गर्नुपर्ने बताए । सिमा नियन्त्रण रेखामा भारतले सर्जिकल स्ट्राइक गरेको दाबी गरेको सन्दर्भलाई लिएर मन्त्री सिंहले उक्त घटना भारतको जिताहा स्वभावको कार्य रहेको बताउँदै भारतले पाकिस्तानको जनताविरुद्ध कुनै पनि शत्रुतालाई आश्रय नदिएको प्रस्टाएँ । 
 
सिंहले आफ्नो सरकारले २०१८ सम्ममा पाकिस्तानसँगको सिमा भौतिक र अभौतिक अवरोधबाट थुन्ने निर्णय पनि गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ