arrow

जोर्डन जान लागेका १५ जना रोकिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
tribhuvan-international-airport-2079-08-04.jpg

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् । 

उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ । 

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए । 

उनले भने, “उक्त विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ ।” 

उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ