arrow

विस्तारित र स्तरीय उपचार सेवा प्रदान गर्न मुख्यमन्त्रीको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
Surendra raj panday.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा-३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् ।

सो क्रममा उनले नागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिए ।

प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा दिनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो । उनले अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले लगानी गर्दै जाने बताए ।

मुख्यमन्त्री पाण्डेले बिरामीको सहजताका लागि अस्पतालमा ‘लिफ्ट’ सुविधा राख्न सुझाव दिए । उनले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार सेवा, जनशक्ति, उपकरणको उपलब्धता, भौगोलिक संरचना लगायतका बारेमा जानकारी लिएका थिए ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका चिकित्सक विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।

उक्त अस्पतालले छिट्टै डायलासिस सेवा पनि सुरु गर्ने तयारी गरिरहेको छ । अस्पतालको भवन पनि निर्माणाधीन अवस्थामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ