arrow

जर्मनीमा प्लान्ट विस्फोटमा एकको मृत्यु, छजना अझै वेपत्ता

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
German-chemical-plant-explosion.jpeg
फ्रान्कफर्ट (जर्मनी)। पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादक प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको र छ जना हराइरहेका यहाँको वास्फ कम्पनीले जनाएको छ। घटनामा छ जना घाइते भएका जनाइएको छ।
 
रसायन उत्पादन गर्ने प्लान्टमा रहेको पाइपमा आगो लाग्दा विस्फोट भएको र विष्पोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ।
 
लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो। रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ