arrow

भारतको उडिसा राज्यको अस्पतालमा आगलागी, २३ को मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
hospital-fire-india.jpeg
नयाँदिल्ली। पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
 
घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो।
 
‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु ) आगलागी भएको हो।आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन्। रासस÷ सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ