arrow

मोदीकाे बोली : काश्मिर ‘सर्जिकल स्ट्राइक’ इजरायली सेनाले गर्ने ‘कन्भर्ट अपरेसन’ जस्तै

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
modi-ko-bhadkau-boli.jpeg
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना भारत–पाकिस्तान सीमा क्षेत्र कास्मिरस्थित ‘सर्जिकल स्ट्राइक’ मार्फत सेनाले आफ्नो क्षमता देखाएको भन्दै उक्त कार्यको प्रशंसा गरेका छन् । 
 
मंगलबार प्रधानमन्त्री मोदीले सो सर्जिकल स्ट्राइकलाई इजरायली सेनाले दुश्मनको क्षेत्रमा गर्ने ‘कन्भर्ट अपरेसन’सँग तुलना गर्दै प्रशंसा गरेका हुन् । 
 
हिमाञ्चल प्रदेशस्थित एक र्‍यालीलाई सम्बोधन गर्दै मोदीले सीमा नियन्त्रण रेखामा भएको कारबाहीलाई लिएर सेनाको मुक्त कण्ठले प्रशंसा गरे । उनले भारतीय सेनाको सबैले जयजयकार गरेको सुनाए । 
 
यस्तो गतिविधि पहिले इजरायलमा हुने गरेको बताउँदै मोदीले अहिले उक्त कार्य भारतले पनि गरेर देखाएको बताए । बाह्य भूमिमा सेनाविरुद्ध ‘कन्भर्ट अपरेसन’ गर्न इजरायलको सैनिक र गोप्य सेवालाई विश्वकै राम्रो मानिन्छ । उक्त कारणले मोदीले पनि भारतले गरेको सर्जिकल स्ट्राइकलाई इजरायली सेनाले गर्ने ‘कन्भर्ट अपरेसन’ सँग तुलना गरेका हुन् । 
 
गत सेप्टम्बरमा उरीमा भएको आतंककारी हमलमा १८ जना भारतीय सेनाको मृत्यु भएको थियो । सो हमला भएको एक सातापछि भारतले भूराजनीतिको चेपेटामा परेको काश्मिरमा ‘सर्जिकल स्ट्राइक’ कारबाही गरेको थियो । सो कारबाहीलाई भारतले सर्जिकल स्ट्राइक भनेपनि पाकिस्तानले भने सर्जिकल स्ट्राइक नरेहेको बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ